पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको समूह ‘बी’ मा चार अंकसहित विभागीय टोली नेपाल प्रहरी शीर्षस्थानमा रहेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
पुलिसकी प्लेयर अफ दी म्याच सम्झना खड्काले अर्धशतक बनाउनुभयो । उहाँले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ६० रन बनाउनुभयो । त्यस्तै, कविता कुँवरले ३७ रन बनाउँदा काजोल श्रेष्ठले ६ रन बनाउनुभयो । पुलिसकी कप्तान रुविना क्षेत्री तथा अप्सरी बेगम क्रमशः १६ र २१ रनमा अविजित रहनुभयो । प्रदेश एकका लागि निशा शाहले एक विकेट लिनुभयो ।
यसैगरी लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि १०४ रन अन्तरको विशाल जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा छ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाउनुभयो । त्यस्तै, सरस्वती घर्तीमगरले २० तथा सुस्मिता बजगाईं र आष्मा पुलामी मगरले समान १२ रनको योगदान गर्नुभयो । कर्णालीका लागि अञ्जु गुरुङले दुई तथा एन्जिला क्षेत्रीले एक विकेट लिनुभयो । १२९ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो ।
कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कर्णालीका किरण कुँवरले ५, बिना थापाले ४, यमुना थारु र नितिका धमलाले समान दुई-दुई रन, अञ्जु गुरुङले एक तथा बाँकी खेलाडीले खाता नै खोल्न सकेनन् । लुम्बिनीका लागि मधु डिसीले चार, कृतिका मरासिनीले दुई तथा सुस्मिता भुसालले एक विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच लुम्बिनीकी मधु डिसी चुनिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच