यस्तो छ तपाईंको आश्विन ३० गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन ३० गते आइतबार, ई.सं.- १६ अक्टोबर, २०२२ । तिथि- कार्तिक कृष्णपक्ष सप्तमी, नक्षत्र- आद्र्रा, योग- परिघ, करण- वणिज, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः०५, सूर्यास्तः १७ः३२ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

तुला : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

वृश्चिक : सरकारी नोकरीमा सफलता मिल्नेछ ।

धनु : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

मीन : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?