महोत्तरी । नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचनलाई रोकेर देशलाई श्रीलंका बन्ने खतराबाट जोगाउनुपर्ने बताउनु भएकाे छ । यो संसदवादी ब्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई प्रश्रय दिएको दाबी गर्दै आमनिर्वाचन रोकेर देशलाई अशान्ति हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
मधेस प्रदेशमा निर्वाचनलाई कसरी बहिष्कार गर्ने भन्ने विषयमा आइतबार सर्लाहीमा भएको भेलामा नेकपा क्रान्तिकारी माओवादीका शीर्ष नेताहरूले चुनावलाई जसरी पनि बहिष्कार गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकाले ।
नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलाले पनि संसदवादी दलहरूले देशलाई भड्खालोमा धकेल्दै गएको आरोप लगाउनुभयाे । ‘निर्वाचनमा भोट हालेर पठाएका नेताका कारण देशमा समृद्धि आउन सक्दैन,’ उहाँले भन्नुभयाे, ‘भोट हालेर जिताएर देश लुट्न पठाउनुबाहेक केही छैन, त्यसैले आसन्न निर्वाचनलाइ बहिष्कार गरौं ।’
संसदीय निर्वाचनमा सुकुम्बासीहरूलाई प्रयोग गर्ने र जितिसकेपछि वाचा भुलिदिने नेताको चरित्रप्रति प्रश्न उठाउँदै संयोजक बास्तोलाले उनीहरूले जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु भएको पनि जिकिर गर्नुभयाे । अपराधमा मुछिएकाहरूसमेत संसदीय निर्वाचनमा खुलमखुल्ला होमिएको बताउँदै उहाँले भन्नुभयाे, ‘यो जत्तिको घीनलाग्दो के हुन सक्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच