काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजिजेडएस इभीको बुकिङ खुला गरेको छ । लङ रेन्जको मूल्य ८१ लाख ८८ हजार रुपैयाँ रहेको छ । चार सय ४० किलोमिटर रेन्ज भएको विद्युुतीय गाडीको ब्याट्री ७२.६ किलोवाट र ग्राउन्ड क्लियरेन्स एक सय ७५ मिमी रहेको कम्पनीले जनाएको छ ।
एमजिजेडएस इभीको इन्टेरियर र एक्सटेरियरमा नयाँँ डेकोरेसन र अपडेट गरिएको छ । इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र सात इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन, हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलइडी टेल ल्याम्पहरू रहेका छन् ।
एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङसहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकाले गाडी एकदमै सुरक्षित मानिएको छ । एमजिजेडएस इभीमा एक सय १५ किलोवाटको पावर र दुई सय ८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । जुन ८.५ सेकेन्डमा सय किलोमिटर प्रतिघण्टा दरमा गुड्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच