श्रीलंकाली लेखकलाई यस वर्षको बुकर पुरस्कार

हिमालय टाइम्स
Read Time = 1 min

कोलम्बो । श्रीलंकाका लेखक शेहान करुणातिलाकाले आफ्नो कृति ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ का लागि बेलायतको बुकर पुरस्कार जितेका छन् । देशको साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको बारेमा पुस्तकमा लेखिएको छ ।

४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन् । यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ का लागि सो पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको राशि ५० हजार युरो रहेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?