मुम्बई । विश्वका दश सुन्दर महिलाको सूचीमा भारतीय अभिनेत्री दीपिका पर्नुभएको छ । बलिउड अभिनेत्री दीपिका नवौं सुन्दर महिलाको सूचीमा परिराख्दा हलिउड अभिनेत्री जोडी मेरी कोमर सबैभन्दा सुन्दर महिला घोषित हुनुभएको छ । अभिनेत्री जेण्डया र मोडेल बेला हदिद विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल हुनुभएको छ ।
यस्तै, चौथौ स्थानमा बेयोन्स, पाँचौं स्थानमा एरियाना ग्रान्डे, छैटौं स्थानमा टेलर स्विफ्ट, सातौं स्थानमा जोर्डन डन, आठौं स्थानमा किम कार्दशियन, नवौं स्थानमा दीपिका पादुकोण र दशौं स्थानमा होयोन जंग रहनुभएको छ ।
सुन्दरताको मापन गर्न ‘गोल्डेन रेसियो अफ ब्युटी’ भनिने पुरानो ग्रिक प्रविधि प्रयोग गरिएको थियो । प्रतिवेदनका अनुसार ‘गोल्डेन रेसियो अफ ब्युटी’ जसलाई ‘फी’ पनि भनिन्छ, एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्नका लागि सूत्रहरू प्रयोग गरिन्छ ।
विवरण अनुसार बेलायती प्लास्टिक सर्जन डा.जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच