पुलित्जर पुरस्कार विजेता कश्मीरी पत्रकारलाई विदेश भ्रमणमा रोक

Read Time = 2 mins

नयाँदिल्ली । पुलित्जर पुरस्कार विजेता कश्मीरी पत्रकारलाई विदेश भ्रमणमा रोक लगाइएको छ । पुलित्जर पुरस्कार विजेता कश्मीरी फोटो पत्रकार सना इरशाद मट्टुले आफूलाई फेरि विदेश जानबाट रोकिएको बताउनुभएको हो ।

ट्वीटको एक शृंखलामा, सना इरशाद मट्टुले दाबी गर्नुभएको छ कि उहाँ आफ्नो पुलित्जर पुरस्कार लिन न्यूयोर्क जाँदै हुनुहुन्थ्यो तर दिल्ली एयरपोर्टमा अध्यागमन अधिकारीले रोकेका थिए ।

मट्टुले वैध अमेरिकी भिसा र टिकट भए पनि आफूलाई अन्तर्राष्ट्रिय यात्रामा रोक लगाइएको बताउनुभएको छ । सना इरशाद मट्टुका अनुसार, ‘विना कारण मलाई यात्रा गर्नबाट रोकिएको यो दोस्रो पटक हो । केही महिनअघि भएको घटनाबारे धेरै अधिकारीसँग सम्पर्क गर्दा पनि मैले कुनै प्रतिक्रिया पाइन । यो अवार्ड समारोहमा उपस्थित हुनु मेरो जीवनको सबैभन्दा ठूलो पल हुने थियो ।’

यस वर्ष मे महिनामा सना इरशाद मट्टुलाई कोरोना संक्रमणको समयमा फोटोग्राफीका लागि पुलित्जर पुरस्कार प्रदान गरिएको थियो । सना इरशाद मट्टु श्रीनगरकी बासिन्दा हुनुहुन्छ । उहाँले दक्षिण कश्मीरको अनन्तनागमा फोटोग्राफी गर्नुभएको थियो । सना इरशादले २०१८ देखि जम्मु–कश्मीरमा स्वतन्त्र फोटोग्राफी गरिरहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?