एनआइबिएलको धनतेरस अफर

Read Time = 1 min

काठमाडौं । एनआइबिएल एस क्यापिटलले विगत वर्षजस्तै यस वर्षको धनतेरसको अवसरमा पनि लगानीकर्ताका लागि सोही दिन लगानी गर्नसक्ने अवसर ल्याएको छ । लगानीका लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कात्तिक ५ गते परेको छ ।

सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले सोही दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विशेष कारोबार सत्र सञ्चालन हुनेगरी एनआइबिएल एस क्यापिटलले व्यवस्था मिलाएको हो ।

अफरअन्तर्गत ३० हजार वा सोभन्दा बढी लगानी गर्ने एक भाग्यशाली लगानीकर्ताले आधा तोला सुनको सिक्का र पाँच भाग्यशालीले दुई तोलाको चाँदीको सिक्का उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् । १० हजारदेखि ३० हजारसम्म लगानी गर्ने पाँच भाग्यशालीले दुई तोला चाँदीको सिक्का उपहार पाउने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?