आयरल्यान्डसँग पराजित भएसँगै वेष्ट इन्डिज विश्वकपबाट बाहिर

Read Time = 1 min

एजेन्सी/दुईपटकको टी-२० विश्वकप विजेता वेष्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्याण्डसँग नौ विकेटले पराजित भएपछि वेष्ट इण्डिज टी-२० विश्वकपबाट बाहिरिएको हो । आयरल्याण्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको आयरल्याण्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ । आयरल्याण्डको जितमा लुर्कान टकरले ४५ र पउल स्टिरिलिङले ६६ रनको पारी खेल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?