खोलामा डुबेर तीन वर्षीय बालिकाको मृत्यु

Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय बालिका मायुस सारुको मृत्यु भएको हो ।

आइतबार दिउँसो दिदीसँगै नुहाउन गएका सारु डुबेर बेपत्ता भएका थिए । बेपत्ता उनको प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले खोजतलास गर्दा नुहाएको स्थान भन्दा केही तल खोलामा अचेत अवस्थामा फेला पारेको थियो । उनको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?