देशको आर्थिक समृद्धिको मेरुदण्ड निजगढ विमानस्थल र फास्ट ट्रयाक : मन्त्री चौधरी

Read Time = 6 mins

-संजीवकुमार मिश्रा
बारा । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको जिनगढ अन्तराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक एक अर्काका पुरक भएको नेपाली काँग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले बताउनुभयो ।

अब बहाना गर्ने दिन गए अब त काम हुन्छ । निर्वाचन नजिकिएको कारण निजगढ विमानस्थलको शिलान्यास हुन सकेन मन्त्री चौधरीले भन्नुभयो, ‘नेपाली काँग्रेसको सरकारको पालामै यो विमानस्थल निर्माण हुने छ । यसमा कुनै दुई मत छैन । यो मधेशको समृद्धिको मात्र होइन सिगों देशको आर्थिक मेरुदण्डको रुपमा रहेको विमानस्थल र फास्ट ट्रयाक निर्माणमा कुनै बाधा अवरोध उत्पन्न हुँदैन् । यसमा सबैजना ढुक्क हुनुस र चाँडो भन्दा चाँडो निर्माण हुन्छ । यो सरकारको ड्रिम प्रोजेक्ट पनि हो । त्यसैले यसको निर्माणमा कुनै आशंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

पाँच दलीय गठबन्धनद्वारा आयोजित निजगढ नगरस्तरीय भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री चौधरीले गणतन्त्रको रक्षा र देशलाई आर्थिक रुपमा सबल बनाउन गठबन्धन बनेको हो । केपी ओलीले देशबाट गणतन्त्र र संघीयता समाप्त पार्न खोजेको उहाँले आरोप लगाउनु भयो ।

झण्डै दुई तिहाई बहुमतको सरकार चलाउन नसक्नेले देश कसरी चलाउन सक्छ मन्त्री चौधरीले भन्नुभयो,‘नत केपी ओलीले सरकार चलाउन नसके नत पार्टी नै चलाउन सके । दुबैमा उनी असफल भइसकेका छन् । ओलीकै इशारामा राष्ट्रपतिले समेत दुई दुई चोटी नागरिकता विधयेकलाई फिर्ता गरे । दुबै सदनबाट पास भइसकेको नागरिकता विधयेक उनले ओलीको इशारामा फर्काएका हुन । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर पनि एउटा पार्टीको कार्यकर्ता झै काम गरेका हुन । गणतन्त्रको सर्वोच्च निकायमा बसेर पनि आफनो विवेक प्रयोग नगरी दुबै सदनबाट पास भएको विधयेकलाई फिर्ता पठाएर जो मान्छे आफुले प्राप्त गरेको झन्डै दुई तिहाईको सरकारलाई बचाउन नसकी आफनो स्वार्थ सिद्ध गर्नका लागि आफनै पार्टीका नेताहरुलाई पाखा लगाए । त्यस्ता मान्छेसँग देश कसरी बन्छ मन्त्री चौधरीले प्रश्न गरे ?’

आम नागरिकलाई संवैधानिक अधिकारबाट ओलीको इशारामा राष्ट्रपतिले कुण्ठित गर्ने काम गरेको उहाँले आरोप लगाउनुभयो ।

नागरिकता पाउनु सबैको संवैधानिक अधिकार हो उहाँले भन्नुभयो,‘ यो अधिकारबाट कुनै पनि नेपालीलाई बन्चित गर्न सकिदैन । लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिलाई जोगाउनकै लागि पााच दलिय गठबन्धन भएको हो । लोकतन्त्र विरोधी शक्तिहरुलाई अब परास्त गर्न सकिएन भने यसले आउने दिनमा देशलाई खतरामा पार्न सक्ने अवस्था रहेको छ । यस्ता प्रतिगामी शक्तिहरुलाई परास्त गरी देशलाई जोगाउन र गणतन्त्रलाई बलियो बनाउन पाँच दलिय गठबन्धनको उम्मदेवारलाई जिताउनु पर्ने आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।’
नेपाली काँग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको बकालत, संविधान कार्यन्वयन गर्न एवम संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पार्टी हो । आम नेपालीहरुको चहना नेपाली काँग्रेस नै भएको हुदा रुख चिन्हमा मतदान गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।’
‘ईतिहास साक्षी छ, मधेस र मधेसी जनताको हकहितका लागि लडने एक मात्र पार्टी नेपाली काँग्रेस हो, मन्त्री चौधरीले भन्नुभयो,‘आफू जितेपछि बारा क्षेत्र नम्बर १ को मात्र होइन सिगै बारा जिल्लाको विकासको लागि अहोरात्र खटिआएको छु । सडक, पूर्वाधार विकास, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा अहिले बारा जिल्लाको क्षेत्र नम्बर १ पहिलो स्थानमा छ । यसले आफूले आफनो क्षेत्रको विकासमा गरेको योगदानको बारेमा भनिरहेको छ । प्रत्यक्षलाई प्रमाणको आवश्यकता हुँदैन मैले काम गरेको छु र बाँकी अधुरा रहेका कामहरु समेत यसपाली चुनाव जितेर गएपछि पूरा गर्ने उहाँले प्रतिबद्धता गर्नुभयो ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?