काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताउनुभएको छ ।
मंगलवार सत्तारुढ दलहरुको न्युनतम साझा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुले न्युनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताउनु भयो ।
उहाँले न्युनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताउनु भयो । उहाँले नयाँ सत्ता समीकरण र संकल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अफ्ठ्यारोमा जाने बताउनु भयो ।
उहाँले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको घोषणा भन्दा कार्यान्वयनमा बढी जोड दिनुपर्छ । हामीले कार्यक्रम र नीति भाषामा कस्तो बनायौँ भन्नेकुरा भन्दा ठूलो कुरा हामी अब व्यवहारमा जनतालाई डेलिभरी दिने हिसावले कति जिम्मेवारीवोध गरी, कति गम्भीरता र तत्परताका साथ अघि बढ्छौँ भन्नेकुराले कार्यक्रम र समीकरणको औचित्यलाई पुष्टि गर्दछ । यो समीकरण र यो संकल्पले पनि जनतामा नयाँ आशा जगाउन सकिएन भने र विकासलाई गति दिन सकिएन भने साँच्चै नै देश अफ्ठ्यारोमा जाने खतरा छ । हिजोका हाम्रो घोषणा र आजको घोषणा हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । अब हामी सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनको निम्ति, विकास र समृद्धिको नयाँ यात्रा हामीले आरम्भ गर्दैछौँ भनेर सेवा प्रवाह गर्नका निम्ति विशेष अपिल गर्न चाहन्छु । म प्रधानमन्त्रीको हैसियतमा सबै मन्त्रालय र सबै निकायहरुलाई निर्देशन दिन चाहन्छु । अब फेरि एक पटक हामीले कामद्वारा, परिणामद्वारा सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्नुछ । त्यसमा नै यो समिकरणको र यो संकल्प प्रश्तावको औचित्य रहेको छ । हामी एउटा नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएका छाँै । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी छ । हामीले त्यसलाई बिस्तारै सकारात्मकतातिर लैजानु छ ।’
प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताउनु भयो । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच