नेपाली काँग्रेसको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सयजना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्यायमन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्नुहुने छ ।

आगामी बैशाख २९, ३० र ३१ गते संचालन हुने उक्त प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजनामा उक्त कुरा बताईएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण बिभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने यस कार्यक्रमको मुल लक्ष्य भएको उल्लेख गर्दै उपसभापति श्रेष्ठले जनताले आशा र भरोसा गरेको पार्टी नेपाली काँग्रेस भएकोले काँग्रेस सच्चिएर अघि बढ्नुको बिकल्प नरहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रम संचारकर्मीहरुको जिज्ञाशा मेटाउदै उहाँले काँग्रेस प्रतिको जनबिश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा प्रशिक्षण बिभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउने काँग्रेसले अवलम्बन गर्नुपर्ने अवको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?