रक्षामन्त्री उप्रेती दिल्लीमा, भारतीय समकक्षी सिंहसँग भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

दिल्ली । पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आउनुभएको रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटगर्नुभएको छ । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ ।

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आउनु भएको हो। पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उहाँ दोस्रो मन्त्री हुनु हो ।

यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका जानुभएको थियो । उहाँ श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसक्नुभएको छ ।

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनुहुनेछ।

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?