चेसमा विकासको एकल अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापा जिल्ला खुला आमन्त्रण रेटिङ चेस प्रतियोगितामा मेची नगरका विकास मैनालीले एकल अग्रता कायम गर्नुभएको छ । प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको चार दशमलव पाँच अंक छ । उनलाई पछ्याइ रहेका प्रकाश नेपाल, राजन सुवेदी र विक्रम सिंघकको चार अंक छ ।

यसैगरी, विक्रम राई, राज लिम्बू, रिसन थापा र उमेश राईको तीन दशमलव पाँच अंक छ । तीन दिने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख नौ हजार पाँच सय रुपैयाँ छ ।

प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् । प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?