पोखरा । टिभिएसको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आइक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु गरेको छ । एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकले कुनै पनि बाइक वा स्कुटरसँग आइक्युब एक्सचेन्ज गर्दा २५ हजारसम्मको थप भ्यालुएसनका साथै शून्य ब्याजमा टिभिएस आइक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै जम्मा एक लाख सात हजार डाउन पेमेन्टमै टिभिएस आइक्युब खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ । एक्सचेन्ज क्याम्पमा ग्राहकले फ्री एक्सेसोरिज र फ्री राइडको मजा लिन सक्नेछन् ।
टिभिएसले नेपालमा पहिलो इलेक्ट्रिक स्कुटर आइक्युब नाडा अटो शोमा लन्च गरेको थियो । एक्सचेन्ज एक्ट्राभगान्जा पुस ६ गतेसम्म टिभिएसको पोखराको आधिकारिक डिलर बतास ब्रदर्स प्रालिले सञ्चालन गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच