वरिष्ठ पत्रकार पाण्डेको निधन

रासस
Read Time = 2 mins

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ । उहाँको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था तथा संगठनले शोक वक्तव्य जारी गरेका छन् ।

पाण्डेले लामो समय शिक्षण पेशामा पनि योगदान दिनुभएको छ । उहाँ क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरको संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाको नेतृत्वमा रहनुभएको थियो ।

उहाँकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ । पाण्डेको आज राप्ती तटमा दाहसंस्कार गरिँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?