खोटाङको नुनथलामा भतिजद्धारा काकाको हत्या

Read Time = 1 min

-चिसाङ शेर्पा

खोटाङ । खोटाङमा भतिजले काकाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँबु भन्ज्याङमा ४२ वर्षीय भतिज पथ्थरमान राईले ५९ वर्षीय बृद्ध काका मान बहादुर राईको हत्या गरेका हुन् ।

शनिबार मध्यान्ह करीव १२ बजेतिर वादविवादका क्रममा भतिज पथ्थरमानले काका मान बहादुरलाई घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाईते काकाको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

काकाको हत्या गर्ने भतिज पक्राउ परेका छन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?