छनोटका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यु १७ एसियन कप २०२३ को छनोटका लागि नेपालको युवा टोलीको घोषणा गरेको छ । युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा हुने छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको हो ।

नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । भियतनाममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा घरेलु टिम भियतनामसँगै थाइल्याण्ड र चाइनिज ताइपेई रहेका छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्याण्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।

नेपाली यु १७ टोलीको गोलकिपरमा समिर चन्द, रुविन बोगटी र कृशल मोक्तान, डिफेन्डरमा मदन पौडेल, युनिश मगर, दीपक थापामगर, निशान्त तामाङ, विक्रम तामाङ, सिमन्त थापा, अश्विन घोरासैनी, धीरज विश्वकर्मा र राम थापा मिडफिल्डरमा हरिशराज भट्ट, प्रशान्त लक्षम, विनोद केसी, श्रीयन्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनेश बुढाथोकी, लच्छु थापा र धनसिंह विक तथा फरवार्डमा सिजल राई र सुवास बम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?