कालीकोट । कालीकोटमा रहेको डिभिजन वन कार्यालयका प्रमुखलाई कार्यालयमा भेट्न सम्भव नै नभएको नागरिकले गुनासो गरेका छन् । प्रमुख रमेशकुमार गिरी अधिकांश समय कार्यालयबाहिर बस्ने भएकाले उहाँलाई कार्यालयमा भेट्न मुस्किल भएको नागरिकले गुनासो गरेका हुन् ।
एक वर्षदेखि गैरिसिराउडी सामुदायिक वन नवीकरण गर्न जाँदा पटक-पटक कार्यालय प्रमुखलाई कार्यालयमा नभेटेको स्थानीय भीम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामुदायिक वनको नवीकरण गर्न जाँदा त प्रमुख भेटिँदैनन् भने विकासीय काम कसरी सञ्चालन भएका होलान् ।’ कार्यालय प्रमुख रमेशकुमार गिरी आफ्नो सरुवाका लागि मन्त्रालयमा वैशाखदेखि धाइरहेको एक कर्मचारीले बताए ।
उहाँले भन्नुभयो, ‘प्रमुख सरुवाको चक्करमा हुनुहुन्छ, उहाँको सरुवा हुँदैन त्यसैले अक्सर कार्यालयको काम भनेर सुर्खेतमा बस्ने गर्नुभएको छ ।’ कार्यालय प्रमुख गिरीको वैशाखयता ६९ दिनमात्र हाजिरी छ, बाँकी दिन उहाँले मन्त्रालयको काम, गोष्ठी, तालिम, सेमिनार भनेर जिल्लाबाहिर रहेको हाजिरीमा उल्लेख छ ।
गिरीको हाजिरी हेर्दा उहाँ वैशाखमा आठ दिन, जेठमा दुई दिन, असारमा २३ दिन, साउनमा आठ दिन कार्यालयमा उपस्थित हुनुभएको छ । त्यस्तै, भदौमा १० दिन, असोजमा नौ दिन, कात्तिकमा चार दिन उपस्थित हुनुभएको छ भने मंसिरमा उहाँ विभिन्न बहानामा कार्यालयमा आउनुभएको छैन । त्यस्तै पुसमा पाँच दिनमात्र हाजिर गर्नुभएका गिरी अहिले तालिमको बहानामा गत शुक्रबारदेखि जिल्लाबाहिर रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच