सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समुहका सम्पुर्ण बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चिता गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

पूर्णखोप जिल्ला घोषणा भएपनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्णखोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले जानकारी दिनुभयो । खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ ।

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको गरिएको छ । स्वास्थ्य शाखा प्रमुख रोकायाले भन्नुभयो,“ अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता गाउँपालिकाको रहेको छ । पालिकाको वडा नं.१ धाँपा स्वास्थ्य चौकीमा शून्यदेखि १५ वर्षसम्मका ४१ जना र १६ देखि २३ महिनासम्म ४६ जनालाई पूर्ण खोप लगाएका छन् । वडा नम्बर २ आधारभुत स्वास्थ्य केन्द्र विष्टवाडामा शून्यदेखि १५ महिनासम्मका २९ जना र १६ देखि २३ महिनासम्मका ३१ जनालाई पूर्ण खोप लगाइएको छ । वडा नम्बर ३ नरोकोट स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ४३ जना र १६ देखि २३ महिनासम्मका ४५ जनालाई खोप लगाइएको छ । ”

पालिकाको आधारभुत स्वास्थ्य केन्द्र देविडाडामा शून्यदेखि १५ महिनासम्मका १४ जना र १६ देखि १६ महिनासम्मका २६ जना र १६ देखि २३ महिनासम्मका ३३ जना बालबालिकालाई पूर्णखोप लगाएको छ ।

शनिगाउँ स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ३५ जना र १६ देखि २३ महिनासम्मका ४१ जना बालबालिकालाई खोप लगाएको हो । आधारभुत स्वास्थ्य केन्द्र दातमा शून्यदेखि १५ महिनासम्मका ३८ जना र १६ देखि २३ महिनासम्मका ४० जनाले खोप लगाएको हुन् । शून्यदेखि १५ महिनाका २१२ जना र १६ देखि २३ महिनासम्मका २३७ जना गरी ४४९ जनालाई पूर्ण खोप लगाएर पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

यहाँका सबै वडाका खोप उमेर समुहका बालबालिकाले पूर्णखोप लगाएको हुनु पर्नेछ । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएका कारणले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए नपाएको एकिन गर्नुपर्ने र कुनै पनि खोप नछुटाइ लगाउनु पर्दछ । स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकार संवेदनशील भएको सिंजा गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?