लुम्बिनीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्यो, मन्त्रालयको संख्या १२ पुर्‍याउने

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनीमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै आजै माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन ४४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश भएको छ ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो । नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर गर्नुभएको छैन ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्‍याउने र बाँकी रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराउने योजना बनाइएको छ । जस अनुसार नेकपा एमालेलाई ५, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी तयारी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?