बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्ने बताउनु भयो । उहाँले संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अहिलेमात्रै होइन, २०७२,२०७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ । यही बजेटमा के गर्न सकिन्छ ? आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो । सशर्त अनुदान भनेर दिएको छ, यदी केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो, तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ की ? संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ ।’

प्रमुख सचेतक लेखकले साना बजजेटहरु केन्द्र सरकारले नभइ स्थानीइ तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?