ट्रोयसमाथि पीएसजीको जित, मेस्सीको उत्कृष्ट प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा जित हासिल गरेको छ । शनिबार राति पीएसजीले घरेलु मैदानमा ट्रोयसमाथि ४-३ को प्रतिस्पर्धात्मक जित दर्ता गरेको हो ।

मेस्सी र नेयमारले समान एक गोल गर्दै समान एक गोलको अवसर सिर्जना गरेपछि पीएसजीले धेरै गोल निस्किएको खेलमा जित दर्ता गर्यो ।

खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । मेस्सीको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याएका थिए ।

पुन पाहुना टोलीले बाल्दले दोस्रो हाफको सुरुवातमै गोल गर्दै ट्रोयसलाई अग्रता दिलाएका थिए । सर्जियो रामोसको पासमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

मेस्सीले उपलब्ध गराएको पासमा नेयमारले ६२ औं मिनेटमा गोल गर्दै खेललाई ३-२ ले अघि बढाए । खेलको ७७ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रतालाई ४-२ को अवस्थामा पुर्याएका थिए ।

खेल सकिन दुई मिनेट बाँकी छदाँ पाहुना टोलीका एनी पलाभर्साले गोल गर्दै खेलको नतिजालाई ४-३ मा झारेका थिए । लिग वानमा पीएसजी अपराजित छ । उसले १३ मध्ये दुई खेलमा बराबरी र बाँकी खेलमा जितको नतिजा हासिल गरेको छ ।

पीएसजीले १३ खेलबाट ३५ अंक जोडेको छ । उसले दोस्रो स्थानको लेन्स भन्दा ५ अंकको स्पष्ट अग्रता प्राप्त गरेको छ । ट्रोयस १३ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?