काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ अर्को सातादेखि सुरु हुने भारतीय आइलिगको २०२२-२३ सिजनका लागि पन्जाब फुटबल क्लबसँग अनुबन्धित हुनुभएको छ ।
नयाँ सिजनका लागि पञ्जावले किरणलाई पत्रकार सम्मेलन गर्दै अनुबन्धित गरेको हो । पत्रकार सम्मेलनमा किरणले यसपटक टोलीको तयारी विगतभन्दा बलियो रहेको बताउनुभएको छ । ‘भारतमा मेरो यो चौथो सिजन हो । राउण्डग्लास पञ्जावबाट दोस्रोपटक खेल्दैछु । पछिल्लो सिजन नतिजा राम्रो भएपनि हामीले लिग जित्न सकेका थिएनौं । यसपटक हाम्रो तयारी निकै राम्रो छ । यसैलाई लिग अवधिभर बढाउन चाहन्छौं,’ उहाँले भन्नुभयो ।’
किरणले आइलिगमा उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारिसक्नुभएको छ । यसअघि मिनेर्भा पञ्जावबाट सन् २०१७-१८ सिजन खेल्दै उहाँले लिग उपाधि पनि जित्नुभएको थियो । यसपटक होम र अवे पद्धतिमा खेल हुन लागेकाले समर्थकको उपस्थितिमा हौसला मिल्ने उहाँले बताउँनुभयो । टोलीका गरिक प्रशिक्षक स्टाइकोस भेर्गेतिसले राम्रो तयारी रहेको बताउनुभयो । ‘हाम्रो तयारी राम्रो भएको छ । फरक फरक रणनीतिमा तयारी गर्न पाएका छौं । युवा र अनुभवी खेलाडीको सन्तुलनले टोली बलियो बनेको छ,’ उहाँले भन्नुभयो, ‘हामी युवा वर्गलाई उत्साह जगाउने फुटबल खेल्न चाहन्छौं । हामी पूरा समय मैदानमा डटेर खेल्नेछौं । समर्थकलाई उपस्थितिका लागि आग्रह गर्न चाहन्छु ।’
क्लबले सम्मेलनमा नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । क्लबले नयाँ सिजनका लागि आफ्नो टोली पनि घोषणा ग¥यो । विदेशी खेलाडीमा किरणसँगै सर्बियाका एलेक्जेन्डर इग्नाज्तोभिच, बोस्नियाका अदनान सेसेरोभिच, स्लोभेनियाका लुका माज्सेन र स्पेनका जुआन मेरा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच