तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका-३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता-२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका कराँते खेलाडीको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै पूर्व-सांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेकप्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनुभयो । बुद्ध शक्ति कराँते डोजोको आयोजनामा सो प्रतियोगिता भएको हो ।
कार्यक्रममा पूर्व–प्रदेशसभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ (१) का उम्मेदवार अर्जुनकुमार केसीले खेलकुदको माध्यमबाट यस क्षेत्रका खेलाडीहरूले राष्ट्रियस्तरमा अवसर पाउने बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार मेडलसहित प्रमाणपत्र रहेको आयोजक बुद्ध शक्ति कराँते डोजोका संयोजक रामु सुनारले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच