पीएम कपमा आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा सोमबार एक एक खेल हुँदै छन्।

टियु क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

मधेस आफ्नो तेस्रो खेलमा अपराजित यात्रा कायमै राखी सेमिफाईनल प्रवेश गर्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको बागमती भने समूह चरणको आफ्नो अन्तिम खेलमा सान्त्वना जितका साथ प्रतियोगिता समाप्त गर्न चाहन्छ । यस समूहबाट नेपाल पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ ।

मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान साढे ९ बजे सुरु हुनेछ।

प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली आजको खेलबाट पहिलो अंक जोड्न चाहन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?