गठबन्धनमा धोका भएको भन्दै पश्चिम नवलपरासीमा माओवादीले दियो चौबीस घण्टे अल्टिमेटम

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीमा नेकपा माओवादी केन्द्रले चौबीस घण्टे अल्टिमेटम दिएको छ ।

उसले मंसिर ४ गतेमा हुने निर्वाचनका लागि नेपाली काङ्ग्रेसका नेता देवेन्द्रराज कँडेल र विनोद चौधरीले देवकरण कलवारलाई षड्यन्त्र पूर्वक नेपाली कांग्रेसबाट उम्मेदवार बनाएको आरोप लगाएकाे छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा सहितका दलहरुले राष्ट्रव्यापी गठबन्धन गर्ने निर्णय गरेको र पश्विम नवलपरासी जिल्लामा समेत गठबन्धनबाट उम्मेदवारहरुको नामावली सहित निर्णय भएकोमा क्षेत्र नं १ (ख) मा गठबन्धनको निर्णय अनुसार नेकपा माओवादी केन्द्रको भागमा परे पनि त्यहाँ नेपाली कांग्रेसले समेत आफ्नो उम्मेदवार उठाएको उसकाे आरोप छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवलाई उम्मेदवार बनाई अगाडी बढ्ने निर्णय गरेको अबस्था नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र बिनोद चौधरी सहितका केहि व्यक्तिहरुले नेपाली कांग्रेसबाट नै देवकरण कलवार (सन्तु) लाई सोही निर्वाचन क्षेत्र नं १ (ख) को प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकाे भन्दै गठबन्धनका मर्म र भावना विपरित व्यवहार प्रस्तुत गरेको भन्दै आइतबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले आरोप लगाएकाे हाे ।

जारी विज्ञप्ति मा गत २०७९ कार्तिक ११ गते केन्द्रको बैठकको निर्णय र कार्तिक १३ पश्चिम नवलपरासी जिल्ला स्तरको गठबन्धन दलको बैठकको निर्णय समेत नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवार (सन्तु) ले पालना नगरेको उल्लेख छ । उसले निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरी र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कंडेलले गठबन्धन दलहरूको निर्णय कार्यान्वयनमा उदासिन भूमिका निर्वाह गरेको तथा निर्वाचन कार्यालय एवम प्रचार प्रसार कार्यक्रममा गठबन्धन दलहरुलाई सहभागी नगराई एकलौटी रुपमा अगाडी बढिरहेको प्रति गम्भिर असहमति सहित आरोप लगाएकाे छ।

नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य सीतादेबि बौडेल ,केन्द्रीय सदस्य राजु प्रसाद हरिजन,पि.बि.एम.तथा इन्चार्ज घनश्याम यादब,र जिल्ला सम्योजक रामानन्द यादव द्वारा सम्युक्त हस्ताक्षरित विज्ञप्तिमा पश्चिम नवलपरासी १ (क) मा गठबन्धनका अधिकारिक उम्मेदवार विश्वप्रेम पाठक र १(ख) का गठबन्धनका नेकपा माओवादी केन्द्रबाट अधिकारिक उम्मेदवार रामानन्द यादवलाई मतदान गर्न सम्पुर्ण मतदातालाई अपील समेत गरेको छ।

यस्तै गठवन्धनका विपरित कृयाकलाप गर्ने गठबन्धन दलका नेतृत्वहरुलाई २४ घण्टा भित्र समस्या हल गर्न अल्टिमेट समेत दिइएको छ। समस्या समाधान न भए प्रतिनिधिसभा तथा प्रदेश सभाको उम्मेदवारहरुको सन्दर्भमा जुनसुकै अप्रिय निर्णय गर्न पार्टी वाध्य हुने प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

bighyapati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?