काठमाडौं । नगद छोडौँ, फोनपे गरौँ भन्ने नाराका साथ सञ्चालनमा आएको भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्युआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । तीन वर्षअघि स्थापना भएको फोनपेमा छोटो समयमै आमव्यवसायीको आकर्षण बढेको कम्पनीले जनाएको छ । फोनपे नेटवर्कमार्फत् हाल दैनिक चार अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको नयाँ रेकर्डसँगै डिजिटल भुक्तानी क्षेत्रमा ठूलो परिवर्तनसमेत आएको छ ।
कम्पनीका अनुसार फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ-गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकले पनि नगद बोकेर हिँड्नुको साटो फोनपेमार्फत् भुक्तानी गर्न सहज ठानेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भन्नुभयो, ‘हामीले नेपालको अर्थतन्त्र डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनासाथ यसको सुरुवात गरेका थियौँ, छोटो समयमै मर्चेन्ट संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ । यसले नगद प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीलाई अझ रफ्तारमा लगेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच