‘मार्च फर साइन्स’ आयोजना हुने

Read Time = 1 min

काठमाडौं । रिभोसाइन्स मिडियाको अगुवाइमा नेपालका विज्ञानसँग सम्बन्धित गैरसरकारी तथा विभिन्न शैक्षिक संस्थाको ऐक्यबद्धतामा ‘मार्च फर साइन्स’ आयोजना हुने भएको छ । कात्तिक २४ गते विश्व विज्ञान दिवसका अवसरमा अबको एजेण्डा विज्ञान, संस्कृति र रोजगारी भन्ने मूल नारासहित मार्च हुनेछ । आयोजकका अनुसार मार्च फर साइन्स शान्तिपूर्ण प्रभातफेरी हो ।

‘विज्ञानका लागि आवाज’ उठाउन विद्यार्थी तथा शिक्षकहरू त्रिचन्द्र क्याम्पस घण्टाघरमा भेला भएर र्‍याली पुरानो बसपार्क-भद्रकाली-शहीदगेट-महांकाल-भोटाहिटी-जमल-त्रिचन्द्र र रत्नपार्क पुगेर कोणसभा गरिने आयोजकले जनाएको छ । मार्चमा वैज्ञानिक संस्थामा थप रोजगारी, अनुसन्धान तथा विकास, जलवायु परिवर्तनका असर र आधारभूत विज्ञान शिक्षाको एजेण्डा उठान गर्ने कार्यक्रम संयोजक लक्ष्मण डंगोलले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?