प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका-५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर-५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उहाँकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

चालक प्युठान नगरपालिका-९ का २३ वर्षीय बिनोद के।एम। सामान्य घाइते रहेका छन् । गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?