चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर

Read Time = 2 mins

काठमाडौं । नेपालमा अनलाइनमार्फत् बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घर जाने मतदातालाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । अफरअन्तर्गत निर्वाचनमा घर जाने मतदातामध्ये भाग्यशाली तीनजनाले बससेवातर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने ती मतदाताले भोट दिएका तीनजना उम्मेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।

मतदाताले भोट दिएका उम्मेदवारले निर्वाचनमा विजयी वा हार बेहोरे पनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफूले मत दिएको उम्मेदवारका विषयमा बससेवालाई जानकारी दिएपछि उम्मेदवारलाई उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उम्मेदवार विवरण भने गोप्य राखिने कम्पनीले जनाएको छ । ब

ससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो, ‘देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढीभन्दा बढी सहभागिता होस् भन्ने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उम्मेदवारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उम्मेदवारलाई पनि मतदाताको सिफारिसका आधारमा उपहार दिने योजना बनाएका हौँ ।’ अफर मंसिर ५ गतेसम्म लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?