भोजपुरमा गठवन्धनको चुनावी सभा नजिकै बिष्फोट, एक जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । भोजपुरका गठवन्धन दलले गरेको चुनावी सभा नजिकै बम बिष्फोट भएको छ ।

भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर २ को तिवारीभञ्ज्याङमा गठवन्धन दलको चुनावी सभा भई रहँदा नजिकै बम पड्किएको हो । बिष्फोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । विष्फोटमा परी अरूण गाउँपालिका वडा नम्वर ४ का सुमन श्रेष्ठ घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको स्थानीय स्तरमा नै उपचार भई रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भई रहेकाले बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनु भयो ।

चुनावी सभा चलिरहेको बेला बिष्फोट भएको थियो । सो चुनावी सभालाई सम्वोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महत आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?