ग्यास ट्यांक विस्फोटः कम्तीमा ११ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बग्दाद । उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए । ट्यांकीबाट ग्यास चुहावट भएपछि विस्फोट भएको थियो ।

युद्धले क्षतिग्रस्त इराकका धेरैजसो पूर्वाधार जीर्ण छ भने त्रासदीहरू सामान्य छन् । विशेष गरी यातायात र निर्माण क्षेत्रहरूमा, देश कमजोर रूपमा लागू गरिएको सुरक्षा मापदण्डबाट ग्रस्त छ ।

नादेरले इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको दोस्रो ठूलो सहरमा भत्किएको तीन तले घरको भग्नावशेषमा अझै चार जना फसेको बताए । “हाम्रा टोलीहरू भत्किएको घरमुनि फसेका मानिसहरूलाई उद्धार गर्न १५ घण्टाभन्दा बढी समयदेखि काम गरिरहेका छन्,“ नादेरले भने ।

विस्फोटपछिछ झ्यालहरू चर्किनुका साथै नजिकैका भवन काला बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?