काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको कच्चा तेलको मूल्य पछिल्लो समय भने घट्न थालेको छ । गत वर्षदेखि रुस र युक्रेन युद्धले उकालो लागेको कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको हो ।
गत महिनादेखि सय डलरको आसपासमा रहेको प्रतिब्यारेल कच्चा तेलको मूल्य सोमबार घटेर ७९ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७९ डलरमा कारोबार भएको छ । ब्रेन्ट क्रुडको पनि सोमबार प्रतिब्यारेल ८६ डलरमा कारोबार भएको छ ।
घट्दो माग र आपूर्तिमा आएको कमीले तेलको मूल्य हृवात्तै घटेको बताइएको छ ।
आइओसीबाट पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ३४ पैसा र डिजेलमा एक रुपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ ।
तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि नेपालमा घटेको छैन । नेपाल आयल निगमले विगतको घाटा पूर्ति हुन नसक्दा मूल्य घटाउन नसकिएको जनाएको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) ले यसपटक पनि नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि मूल्य घटाएर पठाएको हो । गत बुधबार आइओसीले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ३४ पैसा घटाएर पठाएको छ भने डिजेलमा एक रुपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ । मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा छ भने डिजेलमा १० रुपैयाँ ८६ पैसा घाटा छ । डिजेलको माग बढेमा १५ दिनमा १५ देखि २० करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच