क्वालालम्पुर । मलेसियाका दिग्गज विपक्षी नेता अनवर इब्राहिम नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । इब्राहिमलाई नेता राजा सुल्तान अब्दुल्लाहले नियुक्त गरेका हुन् । हालै सम्पन्न निर्वाचनमा त्यहाँ कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्दा त्रिशंकु संसद बन्न पुगेका छ ।
अनवर र पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिन दुवैले सरकार गठनका लागि आवश्यक साधारण बहुमत हासिल गरेका थिएनन् ।
दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी राजाले अनवर इब्राहिमलाई मलेसियाको दशौँ प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिएका छन् ।’
शनिबारको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको श्री अनवरको पाकटन हरपान (पीएच) पार्टीसँग सरकार बनाउनको लागि पर्याप्त सिट छैन र उनी कुन पार्टीसँग गठबन्धनमा जानेछन् भन्ने स्पष्ट खुलाइएको छैन ।
७५ वर्षीय वृद्धको नियुक्तिले देशको नेता बन्ने दशकौं लामो उनको प्रयास सफल भएको जनाइएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच