बालुवाटार पुग्यो एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको नाम

फाइल तस्वीर

Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्रीहरुको नाम पनि सिफारिश गरेको छ ।
शनिबार र आज बसेको सचिवालय बैठकले अहिले सरकारमा भएकाहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताकाअनुसार पार्टीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको छ अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने फूल मन्त्री बन्ने टुंगो लागेको छ ।

त्यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने हुनुभएको छ । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने पनि निश्चित भएको छ ।

केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाउनु भएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?