जुम्ला शाखा सिटिजन्सको आफ्नै भवनमा

Read Time = 1 min

जुम्ला । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । आइतबार उक्त भवनमा पूजापाठ गरी सेवा सञ्चालनमा ल्याएको हो ।

हाल कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका ५ मा सञ्चालनमा रहेको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

कर्णालीका विभिन्न जिल्लामा बैंकले नौवटा शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?