ब्राजिल एक खेल अगावै अन्तिम १६ मा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिल एक खेल अगावै कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डस्लाई १-० ले पराजित गर्दै ब्राजिलले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।

ब्राजिललाई जित दिलाउन क्यासिमिरोले ८३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । रोडरिगोले दिएको पासमा हाफ भली प्रहार गर्दै क्यासिमिरोले सुन्दर गोल गरेका थिए।

यसअघि साविक विजेता फ्रान्स पनि एक खेल अगावै पुगिसकेको छ । समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुनसँग खेल्ने छ ।

यस जितसँगै ब्राजिलले दुई खेलमा दुई जितसहित ६ अंक जोडेको छ । समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड दुई खेलमा तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?