महिला सुरक्षा दबाब समूहद्वारा ‘महिला हिंसा उन्मूलन’ अन्तरक्रिया

Read Time = 2 mins

काठमाडौं । महिला सुरक्षा दबाब समूह नेपालले बुधबार राजधानीमा लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत ‘महिला हिंसा उन्मूलन’ नामक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका साथ अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । समूहले उक्त अभियानकै सन्दर्भमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले गर्नुभएको थियो । उहाँले आफू पनि हिंसा नगर्ने, गर्न पनि नदिने भन्दै हिंसा उन्मूलन गर्न प्रतिबद्धता गर्दै हस्ताक्षरसमेत गर्नुभएको छ । कार्यक्रमका सहभागीहरूले पनि हिंसा नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए । समूहले उक्त कार्यक्रममा नेता थापालाई जितको शुभकामना पनि दिएको छ ।

कार्यक्रमको अध्यक्षतासमेत गर्नुभएकी समूहकी अध्यक्ष कल्याणी शाहले महिला तथा लैंगिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै, कार्यक्रममा समूहको अवधारणा कार्यपत्रबारे उपाध्यक्ष इरादा गौतमले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले महिलामाथि हुने हिंसालाई सामान्यरूपमा लिने गरिएकोमा समाजको सोच र धारणामा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले महिलालाई समान हक दिलाएर महिला अधिकार मानव अधिकार हो भन्ने अनुभूति गराउनसमेत माग गरेका छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
बिजया श्रेष्ठ केसी
बिजया श्रेष्ठ केसी
2022-12-01 8:50 am

धेरै धेरै धन्यवाद
महिला सुरक्षा दवाव समूह सधै महिला हिंसा विरुद्ध उभिएको छ।
सभ्य समाजकाे पहिचान -लैंगिक हिंसा विरुद्धको अभियान
💐🌺💐🌺💐

रिलेटेड न्युज

छुटाउनुभयो कि ?