मलेसियामा मन्त्रिपरिषद् विस्तार

Read Time = 2 mins

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्रीसमेत नियुक्त गर्नुभएको छ । एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैँले सम्हाल्ने बताउनुभएको छ ।

उहाँले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हाल्नु भएको थियो । युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमिदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्रीको जिम्मेबारी दिइएको छ ।

प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गर्नुभएको थियो । अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तर्राष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कुु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता