मलेसियामा मन्त्रिपरिषद् विस्तार

Read Time = 2 mins

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्रीसमेत नियुक्त गर्नुभएको छ । एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैँले सम्हाल्ने बताउनुभएको छ ।

उहाँले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हाल्नु भएको थियो । युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमिदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्रीको जिम्मेबारी दिइएको छ ।

प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गर्नुभएको थियो । अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तर्राष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कुु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?