दाङ । घोराहीमा एक जना प्रहरीले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ ।
दाङको घोराही –१५ दामोदार चोक नजिक आज साँझ नेपालगञ्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले ‘डिउटी’मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । यमबहादुर र धनमाया पति–पत्नी हुन् ।
गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो ।
महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच