गोकर्णेश्वर नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भेसन नेसनल कलेज बेंसीगाउँमा खेलकुद सप्ताह आरम्भ भएको छ । मंगलबार सुरु भएको उक्त कार्यक्रमको गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले गोकर्णेश्वर नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिसकेको बताउँदै अबको केही वर्षमा उक्त कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘स्वास्थ्य र सामाजिकीकरणका लागि खेलकुद’ भन्ने नाराका साथ सञ्चालन हुने खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा भेनस कलेजका अध्यक्ष पेमाछिरी शेर्पाले विद्यार्थीहरूलाई आ-आफ्नो क्षमता विकासका लागि खेलकुदमा भाग लिन आग्रह गर्नुभयो । कलेजका प्रमुख कृष्ण गौतमले सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्नुभयो भने उक्त खेलकुद कार्यक्रमका संयोजक केशव भण्डारीले प्रमुख अतिथि तथा अतिथिहरूलाई खेलकुदका सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

भेनस स्कुलका प्रिन्सिपल नेत्रप्रसाद दाहालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको सो कार्यक्रममा निर्देशक मोहन अधिकारी, गोकर्णेश्वर प्याब्सनका प्रमुख भुवनराज सिवाकोटी, कागेश्वरी मनोहराका प्याब्सन प्रमुख श्रीराम दाहाललगायत वक्ताहरूले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । विनितराज अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूबाट ‘हामी खेलाडी...’ बोलको गीतमा नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रम आगामी २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?