भिभोको सेल्स कार्निभल

Read Time = 2 mins

काठमाडौं । भिभो स्मार्टफोनले पाँचौँ वार्षिकोत्सवका अवसरमा आकर्षक उपहार र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल सुरु गरेको छ । भिभो सेल्स कार्निभलअन्तर्गत ग्राहकले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्रमा दुईजनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एकजनाले भिभो वाई १५ सी, हरेक हप्ता दुईजनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुईजनाले नोइज इयरबड र ३० हजारभन्दा माथिको कुनै पनि फोन खरिदमा थप छ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कार पाउन सक्ने कम्पनीले जनाएको छ ।
पुरस्कारका लागि ग्राहकले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोन अझ सुपथ मूल्यमा किन्न सक्नेछन् ।

कम्पनीले चार प्लस ६४ जिबीको वाई २१ को मूल्य एक हजार रुपैयाँ घटाएको छ भने वाई १५ एस र वाई १५ सीको मूल्य १५ सय रुपैयाँ घटाएको छ । त्यस्तै वाई २१, वाई १५ एस र वाई १५ सीको नयाँ मूल्य क्रमशः २१ हजार नौ सय ९९, १८ हजार चार सय ९९ र १६ हजार चार सय ९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?