कामनाको २६ औँ शाखारहित सेवा तिलोत्तमामा

Read Time = 1 min

बुटवल । कामना सेवा विकास बैंकले नयाँ स्थानमा मोबाइल एपमार्फत् शाखारहित बैंकिङ सेवा सञ्चालनका क्रममा आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले न्यु पाल्पाली जनरल स्टोर्सकी प्रोप्राइटर मुना घिमिरेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । बैंकका सञ्चालक भिमप्रसाद तुलाचन र वडा ३ का वडाध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्तरूपमा शाखारहित सेवा उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?