विश्वकपमा जेरुडको कीर्तिमान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा फ्रान्सका खेलाडी ओलिभर जेरुडले कीर्तिमान बनाएका छन् ।

आइतबार राति कतारको अल थुमामा स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ सकिँदा फ्रान्सले १-० गोलको अग्रता बनाएको थियो । उक्त गोल जेरुडले गरेका थिए ।

यस गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो ।

जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?