नेयमारले दक्षिण कोरियाविरुद्ध खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत दक्षिण कोरियाविरुद्ध खेल्ने भएका छन् ।

विश्वकपको राउण्ड अफ १६ अन्तर्गत सोमबार राति हुने ब्राजिल र दक्षिण कोरियाविरुद्ध खेलमा नेयमार पनि मैदानमा उत्रने भएका हुन् ।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दक्षिण कोरियाविरुद्ध नेयमार उपलब्ध हुने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । एन्कल चोटका करण नेयमारले खेल गुमाउने संभावना बढेको थियो ।

नेयमारले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा ब्राजिलले २–० को जित निकालेको थियो । ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

सन् २०१४ मा ब्राजिल अन्तिम चारसम्म पुगेको थियो।

नेयमार ब्राजिलका लिजेन्ड खेलाडी पेलेको कीर्तिमानभन्दा मात्र तीन गोलले पछाडि छन्। ७७ गोल गरेका नेयमारले थप तीन गोल गरे उनले ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने पेलेको रेकर्ड तोड्ने छन्।

तर चोटका कारण नेयमारलाई सो कीर्तिमान बनाउन समस्या आइरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?