कतार विश्वकप : आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (शुक्रबार) बिभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का दुई/दुई खेलहरू हुनेछन् । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ । पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

घाना ३ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसहित पुछारमा छ ।

समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ ।

स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ । क्यामरुन १ अंक जोडेर तेस्रो स्थानमा छ। सर्बिया १ अंकसहित पुछारमा छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ ।

यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?