जाडो मौसम सुरु भएसँगै रसुवामा देखिन थाल्यो रेड पाण्डा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

रसुवा । गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रेड पाण्डा (रातो हाब्रे) देखा पर्न थालेको छ । जाडोमौसम सुरु भएसँगै रसुवामा रेड पाण्डा देखा पर्न थालेको हो ।

रेड पाण्डाको संरक्षण प्रभावकारी हुँदै गएपछि समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जंगलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षण अन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाया तथा मानिसको चहलपहल नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जंगल क्षेत्रमा रेड पाण्डा देखिन थालेको हो ।

लजालु स्वभाव रहेको रेड पाण्डा रातका समयमा रूखको टोड्कामा बास बस्ने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने गर्छ ।

सन् १९८७ मा वन्यजन्तु विज्ञ डा. प्रह्लाद योञ्जनको अध्ययनले चन्दनबारी तथा चोलाङपाटी क्षेत्रमा रेड पाण्डाको पाइने पत्ता लागेको थियो । यसपछि लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत रेडपाण्डा संरक्षण गर्न थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?