इरानमा जासुसी गरेको अभियोगमा चारजनालाई मृत्युदण्ड

Read Time = 2 mins

तेहरान । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चारजनालाई मृत्युदण्ड दिएको छ भने अन्य तीनजनालाई लामो काराबासको सजाय सुनाएको छ । सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो ।

अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेको इर्नाले जनाएको छ । इरान र इजराल क्षेत्रीय दुश्मन हुन् । इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ ।

तेहरानले इजरायल एक स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन । उसले इजरायलविरोधी सशस्त्र समूह हिज्बुल्लाह र हमासलाई सहयोग गर्दै आएको छ । इरानको रिभोलुस्नरी अदालतले नियमित रूपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष इरानले ३१४ जनालाई मृत्युदण्ड दिएको थियो । उक्त संख्या पोहोर खाडी राष्ट्रमा दिइएका मृत्युदण्डभन्दा आधाले अधिक हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?